वैदेशिक राेजगारीकाे शिलशिलामा ६७ हजार २५८ युवाले देश छाडे

57

काठमाडाैं ।  पुस महिनामा वैदेशिक राेजगारीकाे शिलशिलामा ६७ हजार २५८ युवाले देश छाडेका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यो संख्या पुसमा नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको हो।

पुसमा नयाँ श्रम स्वीकृति लिएर ४० हजारभन्दा धेरै युवा विदेशिएका छन्। सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स युएईका लागि २१ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्।

साउदीका लागि १३ हजार र कतारका लागि ११ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here