ब्रेन टुयुमर पिडित बालकलाई परिवार दलको सहयोग

429

काठमाडौं / ब्रेन टुयुमर पीडित गोरखाकी १६ बर्षकी बालिकाको उपचारमा नेपाल परिवार दलले आर्थिक सहयोग गरेको छ।

बिगत ३ महिना देखि ब्रेन टुयुमर रोगबाट पिडित गोरखा बारपाक सुलिकोट गाउपालिका ४ सौरपानी कि १६ बषिया सबिना तामाङ्गलाई परिवार दलका अध्यक्ष एवम पूर्वमन्त्री एकनाथ ढकालले शनिबार टिचिङ अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

दलका प्रवत्ता सन्तोष कुमार पौडेलको साथमा पुगेका ढकालले बिरामीकी आमा समिला तामाङलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

टिचिङ अस्पताल महाराजगन्जको न्यरो सर्जरी बार्डको ३३ को क्याबिन १५ बि मा बिरामीको उपचार भईरहेको छ । तिन महिना अघि टाउको दुखेर आखाँ कम देख्न थालेपछि उपचारको क्रममा टिचिङ ल्याएको र डा. आशिष गुरुङले उनको ब्रेन टुयुमर भएको पता लगाएका थिए ।

खेती किसानी गरेर जीबिको पार्जन गदै आएका तामाङ्गको आर्थिक अवस्था नाजुक छ जसको कारण आफ्न्त नातागोताको सहयोगबाट अहिले सम्म ३ लाख भन्दा बढी उपचारमा खर्च भईसकेको बुबा भिम बहादुर तामाङ्गले बताए । सहयोग रकम हस्तान्तरण पछि अध्यक्ष ढकालले शित उमारेर घैलो भर्ने भने जस्तै आफुहरुले पनि पार्टीको तर्फबाट सहयोग गरेको बताउँदै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरे ।

पछिल्लो पटक ५ दिन देखि टिचिङ्ग अस्पतालमा उपचार गराईरहेकी तामाङ्गको सोमबार अप्रेसन गर्ने तयारी गरेको छ । बिरामी तामाङ्ग हिमालय उच्च मा.बि सौरपानीमा कक्षा ८ मा अध्यनरत छिन् । बिरामीका बाबु तामाङले उनको उपचारमा २०/२५ लाख लाग्ने अस्पताले जनाएको भन्दै सबैले सहयोग गरे छोरीको उपचार गर्न सकिने भन्दै सबैलाई सहयोग गर्न आवँहान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here