प्रधानमन्त्री ओलीले चाहेको बेलामा मात्रै मन्त्री फेरबदल हुन सक्छ : प्रचण्ड

190

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मन्त्रीमण्डलबारे मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको तजबिज भएको स्पष्ट पारेका छन् ।

आइतबार विराटनगर विमानस्थलमा अध्यक्ष प्रचण्डले वर्तमान सरकारको मन्त्री फेरवदल गर्नै कुराले आफुलाई हैरान पारेको जनाउँदै बारम्बार मन्त्रिपरिषद् हेरफेरको हल्ला चलेपछि उनले प्रश्न नगर्न पत्रकारहरुलाई आग्रह गरेका थिए । उनले भने, ‘मलाई मन्त्री मण्डल फेरबदलबारे नसोध्नुहोस प्लिज यो प्रश्नले मलाई हैरान पारेको छ ।’

उनले दुईतिहाईको सरकारको काम जस्तो गतिमा हुनुपर्ने थियो त्यस्तो हुन नसक्दा पार्टीको नेतृत्व तह पूर्ण सन्तुष्ट हुन नसकेको बताए । छिमेकीसँगको सुमधुर सम्बन्ध, पाइपलाइन र आर्थिक वृद्धिदरलगायतका काम सरकारले सफलताका साथ गरेपनि अन्य काममा तीब्रता दिन नसकेको उनले जनाए ।

नेपालको आर्थिक विकासको दर बढेकोले निराश हुनुपर्ने अवस्था नरहेको भन्दै उनले दुई तिहाईको सरकारले चाहे जसरी काम गर्न नसकेकोले पार्टीको नेतृत्व तहमा चिन्ता बढ्न थालेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेको बेलामा मात्रै मन्त्री फेरबदल हुन सक्ने प्रचण्डले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here