पशुपतिमा बम कसले राख्यो ? संविधान दिवस मनाइरहेको बेला पशुपतिमा बम फेला

232

काठमाडौं/ राजधानीको पशुपति क्षेत्रमा दुई वटा बम फेला परेको छ। शुक्रबार साँझ पशुपतिस्थित विश्वरुपा जाने बाटो र गेटबाहिर बम फेला परेको प्रहरीले जनाएको छ ।

बम फेला परेको खबर पाएसँगै तत्काल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको थियो ।

देशभर संविधान दिवस मनाइरहेको बेला बम कसले र किन राख्यो भन्नेबारे खुल्न सकेको छैन । प्रहरीले यसबारे अनुसन्धान सुरु भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here