स्पेनका गोलकिपर इकर कासियास अस्पतालबाट डिस्चार्ज भएका छन् । अभ्यास गर्दै गर्दा एक्कासी हर्ट अट्याक भएपछि गत बुधबार उनलाई सियुएफ पोर्टो अस्पताल भर्ना गरिएको थियो । ३७ वर्षीय कासियास सोमबार अस्पतालबाट डिस्चार्ज भएका थियो । पोर्चुगलको पोर्टो क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका उनी सन् २०१५ मा क्लबमा अनुबन्धित भएका थिए । यसअघि उनले स्पेनिस क्लब रियल मड्रिडबाट करिब १६ वर्ष व्यवसायिक फुटबल खेलेका थिए ।
सन् २००० मा राष्ट्रिय टिममा डेब्यु गरेका कासियास स्पेनले ठूला उपलब्धि हात पार्दा उनको पनि मुख्य भूमिका रहंदै आएको छ । सन् २००८ को युरोकप, २०१० को विश्वकप र २०१२ को युरोकप स्पेनले जित्दा उनी मुख्य खेलाडी थिए ।अस्पतालबाट डिस्चार्ज भएपछि कासियासले भनेका छन्, मेरो फुटबल भविष्य अब के हुन्छ । मलाई थाहा छैन । तर, सबैभन्दा ठुलो कुरा आज म यहाँ छु ।’


















