राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर प्रचार गर्ने पक्राउ

165

काठमाडौं-  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एकजना प्रधाननाध्यापक पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत रास्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अतिरन्जित गर्ने एकजना प्रध्यानाध्यापक सिन्धुपाल्चोकबाट पक्राउ परेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारे अपशब्दसहितको स्टाटस पोष्ट गर्ने मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here