ललितपुरमा ग्लोबल आइएमईको नयाँ एक्सटेन्सन काउन्टर

96

ललितपुर / ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ५ मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्न एक्सटेन्सन काउन्टर विस्तार गर्नु परेको जनाएको छ । योसंगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ ।

बैंकले डोटी जिल्लाको जोरायल गाउँपालिका – १, गैरामा १३२ औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । यसका साथसाथै ललितपुर जिल्लाको भैंसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा र काठमाण्डौं जिल्ला लाजिम्पाटस्थित त्रिशारा मलमा ए.टी.एम. सेवा समेत सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here