उत्कृष्ट कार्य गर्ने १२ प्रहरी अधिकृत पुरस्कृत

294

काठमाडौं  / महानगरीय प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्य गर्ने १२ प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ। एक एसपीसहित ७ डिएसपी र ४ प्रहरी निरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले उत्कृष्ट कार्य गरेबापत पुरस्कृत गरेका हुन् । पुरस्कृत हुनेमा एसपी अशोक सिंह, महानगरी प्रहरी वृत्त थानकोटका डिएसपी कुमार विक्रम थापा, महानगरी प्रहरी परिसरका डिएसपी मोहन कुमार थापा , डिएसपी सुदीप राज पाठक, सुनिल मल्ल, अनिल कुमार खड्का, रवीन्द्र नाथ पौडेल, विष्णु प्रसाद सोती रहेका छन्।

त्यसैगरी, महानगरी प्रहरी प्रभाग नागढुंगाका प्रमुख ज्ञानबहादुर खड्का, महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्का, प्रहरी निरीक्षकद्वय राजाराम खड्का,राजकुमार राई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here