कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो। यो लगभग एक– साढे एक केजीको हुन्छ। कलेजोले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ। यसका काम अनेकौं हुन्छन्।
अंगुर– अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ। एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ।
ग्रीन टी– यो कलेजोको स्वास्थ्यका लागि उपयुक्त पदार्थ हो। यसमा क्याटेचिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कलेजोलाई सहयोग गर्छ। ग्रीन टी स्वादिष्टमात्र नभएर यसले समग्र डाइटमा पनि वृद्धि गर्छ। तर ख्याल गर्नुहोला एकै पटक धेरै ग्रीन टी पिउनु हुँदैन।
प्याज– प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ। यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई सफा पार्छन्।
हरिया सागसब्जी – कलेजो सफा गर्ने शक्तिशाली खाद्यपदार्थमा हरिया सागसब्जी पनि पर्छन्। काँचै खाँदा, पकाएर खाँदा या जुस बनाएर जसरी खाएपनि यो कलेजोको स्वास्थ्यका लागि उपयोगी हुन्छ। यसमा क्लोरोफिल्स पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ।
एभोकाडो– पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ।
स्याउ– यसमा पेक्टिन नामक तत्व उच्च मात्रामा पाइने भएकाले पाचन प्रणालीबाट विषाक्त पदार्थ सफा गर्छ।
ब्रोकाउली र काउली– यी तरकारीले शरीरमा ग्लुकोसिनोलेट नामक तत्व वृद्धि गर्छन्, जसले कलेजोमा इन्जाइमको काम गर्छ।


















