हेटौंडा- प्रहरीले मकवानपुरमा अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा सुनसहित भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका किशोर ल्वागुन बिकलाई पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले १ किलो ६ सय ४९ ग्राम ८ सय ९० मिलीग्राम सुन बरामद गरेको छ । प्रहरीले ल्वागुनले लगाएको दुबै खुट्टाको जुत्ताभित्र र पाईन्टको खल्तीमा लुकाएर ल्याएको अबस्थामा सुन बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशुवाहको टोलीले हेटौंडा १५ रातोमाटेबाट सुनसिहत उनलाई पक्राउ गरेका थिए । बरामद भएको सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको छ ।
अबैध सुनको कारोबारमा संलग्न रहेका ल्वागुन दोस्रो पटक लैजादै गर्दा पक्राउ परेको जनाइएको छ । पक्राउ परेको सुन र कारोबारमा संलग्न रहेका उनलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइने प्रहरीले जनाएको छ ।

















