लाखौं ठगेको भन्दै ईगल ओभरसिजमा तालाबन्दी

239

काठमाडौं- काठमाडौंको समाखुशी स्थित ईगल ओभरसिज प्रा.लि.ले विदेश पठाउने नाममा लाखौं ठगी गरेर फरार रहेको भन्दै पिडितहरुले तालाबन्दी गरेका छन् ।

बिहीबार दिउँसो २५/३० जनाको संख्यामा रहेका पिडित र घरबेटीको पहलमा ताला लगाइएको जनाइएको छ ।

छबिलाल कुमार राई प्रमुख रहेको यो ओभरसिजले विदेश पठाइदिने नाममा लाखौं रुपैयाँ ठगेको, रकम फिर्ता माग्दा अनेक वहाना बनाउने गरेको र बाउन्स चेक दिएको भन्दै ताला लगाइएको पिडित पक्षले जानकारी दिए ।

पिडित पक्षका अनुसार ओभरसिज अगाडि पिडितहरुको भिड जम्मा भएको, प्रमुख राई शुक्रबारदेखि सम्पर्क नआएको र अर्का बिपिन पराजुलीसँग सम्पर्क राख्दा आफु अनविज्ञ रहेको जनाउने गरेका छन् ।

हेमन्त राज गुरुङ एक लाख २० हजार, सबिन मगर एक लाख ६० हजार, रिंकल शाक्य ३ लाख ५० हजार, धुर्ब भण्डारी ४ लाख ५० हजार, आशा दिक्तेल ५ लाख ५० हजार लगायत अन्यको समेत रकम ठगी गरेको पिडितहरुले दावि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here