नेपाल क्लियरिङ हाउसवाट आईएमई र जीएमई रेमिटेन्सको रेमिटेन्स कारोबार गर्न सक्ने

157

काठमाडौं / आईएमई र जीएमई रेमिटेन्सको रेमिटेन्स कारोबार नेपाल क्लियरिङ हाउसवाट गर्न सक्ने भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले विभिन्न रेमिटेन्स कम्पनीहरुको कारोबारहरु बैंक मार्फत लाभग्राहीहरुको खातामा जम्मा हुने व्यवस्था गर्दै आएकोमा उक्त सुविधालाई थप सहज र सरलिकृत हुने गरी जी एम ई रेमिटेन्स र आई एम ई वाट नेपाल क्लियरिङ हाउस–आईपीएस र कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीहरु मार्फत सिधै बैंक खातामा जम्मा हुने गरि कारोबारको शुरुवात गरेको छ ।

यसरी आवद्ध भएका रेमिटेन्स कम्पनीहरुले रेमिटेन्स भुक्तानीका कारोबारहरु कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली मार्पmत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सक्नेछन् भने अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली नेपाल क्लियरिङ हाउस आईपीएस मार्फत तोकिएको समय सीमामा सदस्य बैंकहरुमा रहेका खाताहरुमा जम्मा गर्न सक्नेछन् । यस इन्टिग्रेटेड प्रणाली मार्पmत् ग्राहकले तुरुन्तै भुक्तानी प्राप्त गर्ने देखि रेमिटेन्स कम्पनीले बैंक खातामा जम्मा गर्ने भुक्तानी सेवाको गुणस्तर बृद्धि हुने अपेक्षा कम्पनीको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here