मौराको प्रतिमा बनाउनुपर्छ : क्रिस्टियन एरिक्सन

208

टोटनहृयामले पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउँदा लुकास मौरा नायक बनेको छ । रु पहिलो लेगमा १—० ले हारेको टोटनहृयामले दोस्रो लिगमा पनि २ गोलले पछाडि परेको थियो । तर, लुकास मौराले चमत्कार देखाए । उनले खेलमा उत्कृष्ट प्रर्दशन गर्दै गर्दै जीत दिलाए । तर, निर्धारित समयसम्म पनि अयाक्स समग्रमा ३(२ ले विजयी हुने अवस्था रह्यो । इन्जुरी समयमा मौराले ह्याट्रिक मात्र पुरा गरेनन्, अविश्वसनीय रुपमा टोटनह्यामलाई पहिलो पटक फाइनलमा पुर्‍याए । त्यसैले उनका टिममेट क्रिस्टियन एरिक्सनका अनुसार, मौराको प्रतिमा बनाउनुपर्छ । मौरा स्वयंमले पनि यसलाई आफ्नो करियरकै उत्कृष्ट क्षणका रुपमा बयान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here