बाग्मती नगरपालिकास्थित मिलन चोकमा गोली चल्याे

62

लालबन्दी । सर्लाहीको पश्चिमी भेगमा पर्ने बाग्मती नगरपालिकास्थित मिलन चोकमा रहेको एक सहकारी संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ ।

बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका–१ स्थित सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत लालबन्दी नगरपालिका–२ जुटपानीका ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएकाे सर्लाही प्रहरीले जनाएकाे छ । ।

प्रहरीका अनुसार कार्कीमाथि कार्यालयमा काम गरिरहेको समयमा भारतीय नम्बरको नीलो रंगको मोटरसाइकलमा आएकाहरुले गोली प्रहार गरी मोटरसाइकलमै फरार भएको बुझएको छ ।

घाइते कार्कीमाथि ३ राउन्ड गोली प्रहार भएको र उनको पाखुरा, दाहिने कोखा, बायाँ कोखा र दाहिने तिघ्रामा गोली लागेका छ । उनलाई जहाजबाट थप उपकारका लागि काठमाडौँ ल्याइँदै छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here