काठमाडौं । सरकारले नागरिक एप मार्फत नै क्युआरकोडको स्क्यान गरेर बैंक खाता खोल्न सक्ने सुविधा ल्याएको छ।
आइतबार सूचना तथा सञ्चार प्रविधि दिवसकाे उपलक्ष्यमा आयाेजित कार्यक्रममा सरकारले नागरिक एपमा यस्तो सुविधा ल्याएको जानकारी दिएकाे हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप मार्फत नै क्युआरकोड स्क्यान गरेर नेपाल बैंकमा खाता खोली यो सेवाको उद्घाटन गरेका छन्। क्युआरकोड मार्फत नै नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिनेछ।
यो संगै खाता खोल्नको लागी बैंक धाउनुपर्ने झन्झट समेत अन्त्य भएको छ।

















