मनमोहन स्मृति अन्तर प्रदेश यू-१६ क्रिकेटको उपाधी प्रदेश २ लाई

89

काठमाडौं  / निखिल सिंह र बी पटेलको अलराउण्ड प्रदर्शनसँगै प्रदेश २ ले मनमोहन स्मृति अन्तर प्रदेश यू(१६ क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई ४ विकेटले हरायो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १३४ रनको लक्ष्य प्रदेश २ ले २६.३ ओभरमा ६ विकेट गुमाएर भेट्टाएका थिए । उसका रोहन बिकले ३६ रन बनाए भने बी पटेल २८ रनमा अबिजित रहँदा निखिल सिंहले २७ रन जोडे । यसअघि टस जितेर ब्याटिङ थालेको सुदूरपश्चिमले ३० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । उसका लागि सुवास ऐरले ४७ रन बनाए भने सन्दीप विष्टले २८ रन जोडे । प्रदेश २ का बी पटेल र निखिल सिंहले ३–३ विकेट लिए । सिंह म्यान अफ दि म्याच घोषित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here