काजकिरिया सातदिनमा सकेको भन्दै लखेटे

91

बारा  / गाउँका अगुवाहरुले सामाजिक बहिष्कार गरेपछी बाराको एक घर परिवार गाउँ छोडेर विस्थापित हुन बाध्य भएको छ । बाराको सुवर्ण गाउँपालिका—६ धरमपुर टोलका अवधेश यादवको घरपरिवार गाउँलेहरुको सामाजिक बहिष्कारका कारण गाउँ छोडेर विस्थापित हुनु प¥यो । धरमपुर बाराको सदरमुकाम कलैयाबाट करिब ८, ९ किलोमीटर पुर्वमा रहेको छ। आफ्नो बुवाको काजकिरिया सामाजिक परम्परा र धार्मिक रीतिरिवाज अनुसार नगरेको भन्दै गाउँका अगुवाहरुले आफ्नो घरपरिवारलाई सामाजिक बहिष्कार गरेको धरमपुरका अवधेश यादवले भने । आफ्नो बुवा अनुठा यादवको गएको बैशाख १५ कलैया अस्पतालमा उपचारको क्रममा निधन भएपछी आफ्नो घरपरिवारले अपनाएको कबिरापन्थी धरम अनुसार सातदिनमा काजकिरिया सकाएपछी गाउँका अगुवा, स्थानीय नेता विभिन्न ११ जना व्यक्तिहरुले आफ्नो घरपरिवारलाई सामाजिक बहिष्कार गरेर गाउँबाट विस्थापित गराएको मृतक यादवका छोरा अवधेश यादवले दुखेसो पोख्नु भयो।

स्थानीय विद्यानन्द यादव, हृदयनारायण राउत, भरोसी राउत, गणेश यादव, मुँसी यादव, बैद्यनाथ गिरी, श्री निवास बरै, रामअश्रे राउत, रामाधार राउत सहितका गाउँका अगुवा भनाउने व्यक्तिहरुले गाउँमा सबै व्यक्तिलाई भेला गराएर यादव परिवारलाई बहिष्कार गर्न उर्दी जारी गरेको स्थानीय विश्राम प्रसाद यादवले जानकारी दिए । यादव परिवारसंग बोल्ने वा कुनै किसिमको व्यवहार गरेमा तीस हजार दण्ड गर्ने निर्णय अगुवाहरुले गरेको स्थानीय ५५ बर्षीय दुर्गा यादवले जानकारी गराए ।

डरका कारण गाउँका व्यक्तीहरु सानो होस वा ठूलो उमेरका, कोहीपनी यादवको घरखेतमा जाने र कुनैपनि व्यवहार नगरेको स्थानीय मुनिलाल यादवले खुलासा गरे । बाहिरका कामदार बोलाउँदा समेत स्थानीय व्यक्तिहरुले कामगर्न नदिएर गाउँमा बस्नै नदिने अवस्था उत्पन्न गरेको पिडित पप्पु यादव दुखः व्यक्त गर्नु भयो ।

गाउँका अगुवाहरुको बहिष्कारका कारण यादवको घरमा पक्की घरमा ताल्चा लागेको छ भने चामल मिल समेत बन्द रहेको छ। सामाजिक बहिष्कारका कारण यादव, उनका भाइ, आमा सहित नौजना सदस्य गाउँबाट विस्थापित हुनु प¥यो । सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले गाउँका मानिसहरुले सामाजिक बहिष्कारगर्नु गलत भएको बताउँदै आफुले घटनाबारे गम्भीर रुपमा लाग्ने बताए। निर्वाचन क्षेत्र नम्बर(२ का सांसद रामसहाय यादवले धर्मको नाममा सामाजिक बहिष्कारगर्नु कानुनको उल्लंघन भएको बताउँदै त्यसमा संलग्नलाई कार्बाहीगर्न स्थानीय प्रशासनसंग आग्रह गरे । जिल्ला प्रशासन कार्यालय बाराका सुचना अधिकारी मुरारी कार्कीले स्थानीय गाउँपालिका र वडाले घटनालाई बुझेर मिलाउनुपर्ने अवस्था भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here