काठमाडौं- राजधानीको पिउने पानीमा कोलिफर्म भेटिएको छ। केही दिनअघि ताहाचलका ४५ वर्षीय एक पुरुषमा हैजाको जीवाणु देखिएपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ती व्यक्तिले प्रयोग गर्ने गरेको पिउने पानीको नमुना संकलन गरेर परीक्षण गरेको थियो।
परीक्षण गर्दा दिसामा पाइने जिवाणु कोलिफर्म भेटिएको महाशाखाले जनाएको छ। ४५ वर्षीया ती बिरामीको घरका विभिन्न तीनवटा स्रोतको पानी संकलन गरी परीक्षण गरिएको थियो।
महाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं महानगरपालिका-१३, हैजा संक्रमित बिरामीको घरबाट ल्याइएका तीनवटै स्रोतका पानीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको परीक्षण नतिजामा तीनवटै स्रोतका पानीमा प्रशस्त मात्रामा कोलिफर्म भेटिएको छ।
खानेपानीको पाइपमा ढल मिसिएर काठमाडौंवासीले खाँदै आएको पानीमा कोलिफर्म भेटिएको हुनसक्ने महाशाखाको अनुमान छ।


















