काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बालुवाटारस्थित संघ कार्यालय रहेको जग्गा सरकारले फिर्ता लगेमा क्षतिपूर्ति दिनुपर्ने जनाएका छन् ।
अष्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया क्षेत्रको बैठकपछि पत्रकार सम्मेलनमा (एनआरएनए) का अध्यक्ष भवन भट्टले
भने, आवश्यक परे मन्त्रिपरिषद् बैठकमा उक्त निर्णय लैजाने छौं। एनआरएनएले २०७२ जेठ १४ गते ललिता निवास क्याम्पाभित्रको जग्गा खरिद गरेको थियो । तत्कालीन उपाध्यक्ष भट्ट त्यतिबेला जग्गा खरिद गर्ने कार्यका लागि एनआरएनएद्वारा गठित समितिको संयोजक थिए ।
उनले भने, ‘यदि सरकारले यो गलत काम भयो भन्छ भने त्यसमा हाम्रो जति खर्च भएको छ त्यो सरकारले क्षतिपूर्ति दिनुपर्छ । बकाइदा राजश्व तिरेर, लालपूर्जा लिएर, नगरपालिकाको निर्माण अनुमति लिएर र भवन सम्पन्नको सर्टिफिकेट लिइसकेको सम्पत्तिलाई कसरी फिर्ता लान पाइन्छ र ?’
मन्त्रिपरिषदबाट निर्णय गराएरै जग्गा लिएको उनको भनाइ थियो । आवश्यक परे फेरि पनि मन्त्रिपरिषदबाट निर्णय गराउने उनले जनाए । ‘क्याबिनेट डिसिजन गराएरै लिएको चिज हो फेरि आवश्यक पर्यो भने क्याबिनेटमै जान्छौं’, अध्यक्ष भट्टले भने, ‘सरकारको जग्गा बेच्ने मान्छे गलत हो । कि उसलाई कारवाही गरेर सरकारले हामीलाई क्षतिपूर्ति दिनुपर्यो ।’


















