पूर्वसभामुख ओनसरी भन्छिन्- मिडियामाथि सरकारले अंकुश लगाउन मिल्दैन

98

बुटवल– पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ की अध्यक्ष ओनसरी घर्तीले सरकारले मिडियामाथि अंकुश लगाउन नमिल्ने जनाएकी छिन् ।

रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले मिडिया विधेयकबारे पत्रकारले राखेको जिज्ञासामा पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै यदी विधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिने धारणा व्यक्त गरिन् ।

ओनसरीले भनिन्, ‘राज्यका आ–आफ्नै नियम हुन्छन् । सवै जनताले मान्ने कानुनी मिडियाले पनि मान्नुपर्छ तर सरकारले जनताका आवाज उठाउने मिडियालाई अंकुश लगाउन खोजेको होइन ।’

उनले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पारिन् । उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउने जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here