नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस देखिएकाे छैन : डब्लुएचओ

101

काठमाडौं। विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपालमा नयाँ प्रकारको कोरोना भाइरस नदेखिएको स्पष्ट पारेको छ । अहलिे नेपालमा फैलिएको भाइरस पछिल्लो समय फैलिइरहेको तीन प्रकारको भाइरसमध्ये एक रहेको स्पष्ट पारेको हो ।

अन्तर्राष्ट्रिय पत्रिकामा समेत नेपाल भेरियन्ट भनी खबर प्रकाशित हुन थालेपछि डब्लुएचओले नेपालमा अहिले फैलिएको भाइरस अन्यत्र पनि फैलिइरहेको डेल्टा (बी.१.६१७.२) नाम दिइएको कोरोना भाइरसको भ्यारियन्ट रहेको उल्लेख गरेको छ ।

डब्लुएचओले हाल विश्वभर तीन प्रकारका कोरोना भाइरस पुष्टि भएको जनाएको छ । जुन अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) हुन् । नेपालमा दोस्रो प्रकारको भाइरस फैलिइरहेको छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here