झापाको कनकाई पुलमा शंकास्पद वस्तु फेला, राजमार्ग अवरुद्ध

276

झापा- जिल्लामा रहेको कनकाई नदीको पुलमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। पूर्व–पश्चिम राजमार्गमा पर्ने पुलमाथि शंकास्पद बस्तु फेला परेपछि आइतरबा बिहानैदेखि राजमार्ग अवरुद्ध भएको छ।

कनकाई नगरपालिका–२ स्थित कनकाई पुलको दायाँतर्फ तारले बेरिएको कुकर भेटिएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मर्निङवाकमा निस्किएका मानिसले पुलमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार नेपाली सेनाको श्रीनाथगण चारआलीको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here