समाजवादमा हरेक कार्यकर्ताले नेतृत्वसँग आखाँ जुधाएर बोल्न सिक्छ

250

नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरी समाजवादीलाई ऐतिहासिक भौतिकवादसँग कुनै आपत्ति नहुने बताएका छन् । ऐतिहासिक भौतिकवादको मद्दतबिना समाज र इतिहासलाई बुझ्न नसक्ने भन्दै उनले इतिहास एउटा प्रयोग शाला भएकाले भौतिकवादी अध्ययनले मात्र समाजलाई बुझ्न सकिने दाबी गरे । रातो झिल्को त्रैमासिकको कार्ल मार्क्सको द्विशतवार्षिकी विशेषांक सार्वजनिकीकरण कार्यक्रममा बोल्द
उनले द्वन्द्वात्मकको नाममा राष्ट्रवाद खडा हुने र द्वन्द्वात्मकलाई धर्मको श्रेणीमा अगाडि बढाउने श्रेय स्टालिनलाई जाने बताए । द्वन्द्वात्मकता एउटा जटिल प्रोसेस हो भन्दै उनले अध्ययन गर्दै जादाँ तानाशाहको हतियारमा बहुमत प्राप्त पार्टीले त्यसको प्रयोग गर्न थाल्यो भने सत्यको छेउ र टुप्पो नपइने बताए । तर कांग्रेसलाई भने यो कुरा थाहा नभएको उनको तर्क छ । द्वन्द्वात्मक भौतिकवाद, र त्यसको उत्पति र परिणतिबारेमा आगामी दिनमा छलफल हुन जरूरी छ। कसैलाई पुरूष भन्नेबितिक्कै महिला नसम्झेसम्म पुरूष हुन सक्दैन। मालिक भन्नेबितिक्कै नोकर चाहिन्छ। उद्योगपति भन्नेबित्तिकै मजदुर चाहिन्छ। कुनै पनि कुरालाई सम्पूर्णमा हेर्ने कोशिश गर्नुपर्छ। उनले भने । विशेषगरी कम्युनिस्ट पार्टीको दुर्भाग्य एकबाट दुई हुने, दुईबाट एक नहुने यस्तो पद्दतिमा रहेको भन्दै उनले यसबारेमा दार्शनिक रूपमा छलफल हुन जरूरी रहेको बताए । द्वन्द्वात्मक दर्शनलाई पुँजीवादले पटक्कै चिरफार गर्न चाहँदैन। अध्ययन गर्न चाहँदैन।

अध्ययबिना कुनै पनि कुरा समाप्त हुँदैन, उनी भन्छन् । गिरीले ओलीको बाटो समाजवाद नभएको बताए । मार्क्सको सिद्धान्तले एउटै मान्छे आफूले एकै साथ अनेक काम गर्न सक्छ, उसमा आन्तरिक रूपमा सम्पुर्ण सम्भावना हुन्छन्, र राज्यमा यो पनि मेरो राज्य हो। मेरो पनि समाज हो। प्रत्येक मान्छेलाई अपनत्व गराउन सकेमा मात्र समाजवाद हुने भन्ने रहेको भन्दै उनले यो कुरा आज सबैले सम्झन जरूरी रहेको बताए । गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तै ठूलो रेल आउनु समाजवाद नभएको बताए । सामाजवाद भनेको प्रत्येक व्यक्तिलाई मैले मेरो देश र समाजलाई बदल्न सक्छु भन्ने आत्मविश्वास भर्न सक्नु हो। मार्क्सले समाजवादको कुरा गर्दा शोषित वर्गको मात्र नगरी शोषकलाई पनि पुँजीवादमा जोडेर हेरेका थिए। त्यसैले कुनै पनि व्यवस्था भित्र एउटालाई प्रतिस्थापन गरि अर्को राजा बन्ने प्रवृति समाजवाद होइन, उनले भने ।

जुन व्यवस्थामा मानिस पुर्ण रूपले स्वतन्त्र हुन्छ, त्यो व्यवस्था नै आजको आवश्यकता हो भन्दै उनले व्यक्तिपिच्छे मार्क्सवादी धारणा अपूर्ण मात्र होइन भ्रान्ति जस्तो देखिने बताए । स्वयम् मार्क्सको जीवनलाई हेर्दा पनि सामाजिक सम्बन्ध भन्दामाथि उठेर बाँच्न खोजिरहेको गिरीको भनाई थियो । मानव आफ्नो जीवनका आवश्यकताका लागि आफै कमाउने प्राणी भएपनि मानिसको सभ्यताको विकासक्रममा उसको श्रम गर्ने बाध्यता, श्रम गर्ने निर्णय, श्रम गर्ने दिशालाई हेर्नुपर्ने बताए । गिरीले मानिसको विकासको सबैभन्दा महत्वपूर्ण खुड्किलो संवाद गर्न सकेको दिन हुने बताए । विश्वमा पुनः आन्दोलन हुन सक्ने भन्दै उनले समाज परिवर्तनको अर्को ठूलो चरण नेपालमा सुरू हुने दाबी गरे । मलाई लाग्छ अन्त भन्दा पहिले नेपालमा आन्दोलन हुने संकेत देखिँदैछ। त्यसको केन्द्रमा नयाँ किसिमको राज्य रहन्छ, नयाँ किसिमको सरकार रहन्छ र नयाँ किसिमको मान्छे रहन्छ, नयाँ समाज मान्छेको अवधारणाले निर्माण गर्छ। नेपालले संघर्ष, परिवर्तन र आन्दोलन पर्खिरहेको छ, उनले भने ।

बीसौँ शताब्दीको संघर्षको केन्द्रीय स्वरूप हुन्छ, जनआन्दोलन हुन्छ। यो नेपालको अनुभव होइन। झण्डै ५० वर्षको अवधिमा नयाँ किसिमको कुनै आन्दोलन नभएको भन्दै उनले जनयुद्दबाट गौरवपूर्ण काम गरेको देखाउन माओवादीलाई गाह्रो परेको बताए । उनले त्यत्रो बलियो सोभियत युनियन कसरी धरासायी भयो त भन्दै त्यहाँ कुनै पनि बाह्य हस्तक्षेपबिनानै धरासायी बनेर ढलको दाबी गरे । त्यसलाई पुँजीवादले असर गरेको गिरीको तर्क छ । गिरीले अब विश्वले नयाँ किसिमको आन्दोलनको अनुभव गर्ने र आखाँ जुधाएर बोल्न सिक्ने दाबी गरे । उनले कला, साहित्य, संस्कृति र नैतिकता अब आउने समाजवादी आन्दोलन र क्रान्तिका लागि केन्द्रीय चिन्तनका महत्वपूर्ण विषय हुने बताए । गिरीले समाजवादको परिभाषा दिँदै अन्य कुनै कुरा भन्दा मानिस मानिसबीच सम्बन्धको पूर्ण परिभाषा नै समाजवाद भएको बताए । यो पुनः नवीकरण हो, पुनःसंयोजन हो। समाजवादको सर्वमान्य परिभाषा के छ भने हिजोको सम्बन्ध आज रहँदैन, उनले भने । गोपालप्रसाद रिमालको कविताबारे बताउँदै उनले समाजवादमा हरेक कार्यकर्ताले आफ्ना नेतृत्वसँग आखाँमा आखाँ जुधाएर बोल्न सिक्ने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here