काठमाडौं- अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातको प्रतिलिपि अनिवार्य गरिएको हुन्छ। तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौँ पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको पाइएको छ।
काठमाडौं महानगरपालिका–१० तीनकुनेमा रहेको कित्ता नं।१६ र २३२ को जग्गा फोटोकपीको भरमा पास गरिएको छ। यो जग्गा शैलजा भट्टको हो।
काठमाडौंको तीनकुनेमा रहेको सो जग्गा ५ आना ३ दाम र १ आना २ पैसा ३ दाम क्षेत्रफल रहेको जग्गा अधिकृत वारेसनामाको फोटोकपी पेस गरेकै आधारमा मालपोल कार्यालय डिल्लीबजारले पटक–पटक थुप्रै व्यक्तिको नाममा पास गरेको पाइएको छ।
शैलजा भट्टको नाममा रहेको जग्गा ०७५ पुस २३ गते मालपोत कार्यालय डिल्लीबजारले अधिकृत वारेसनामाको फोटोकपीकै भरमा मीनबहादुर तामाङ, वीरबहादुर तामाङ, जितेन्द्र विष्ट र सञ्जित थपलियाको नाममा पास गरिदिएको पाइएको हो।नेपाल समाचारपत्र


















