विद्यालयमा शिक्षक मदिरा पिएर विद्यार्थीहरुलाई हातपात गरेपछि….

215

रुकुम / मदिरा सेवन गरी विद्यालयमा गएर अभद्र व्यवहार गरेको आरोपमा रुकुम पश्चिमका एक शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा त्रिबेणी गाउँपालिका–१० रोजाखेतका ४६ वर्षीय खिमलाल ओली रहेको प्रहरीले जनाएको छ। उनले विद्यालय समयमा मादक पदार्थ सेवन गरी विद्यालयमा शिक्षकलाई अश्लिल गालीगलौज गर्नुका सार्थ विद्यार्थीहरुलाई हातपात गरी ड्रेस च्यात्नेजस्ता अभद्र व्यबहार गरेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्का अनुसार शिक्षक ओलीलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुर मुद्दामा थुनिएको छ।

ओली स्थानीय बालबोध आधारभूत विद्यालय झुम्केमा राहत दरबन्दीका शिक्षक हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here