१६ लाख प्रतिबन्धित भारुसहित ५ जना नेपाली पक्राउ

382

काठमाडौं- भारतमा प्रतिबन्धित १ हजार र ५ सय दरका गरी १६ लाख बराबरको भारु नोटसहित ५ जना नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा ठमेलको होटल ब्लू मोहनबाट उनीहरुलाई गएराति पक्राउ गरेको हो ।

उनीहरुले कहाँबाट र के प्रायोजनका लागि ती नोट ल्याए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । यद्यपि, नेपालमा रहेका प्रतिबन्धित नोट सटही नभइसकेका वेला कुनै पनि वेला सहटी खुला गरिने प्रलोभनमा कारोबार भएको हुनसक्ने आशंका गरिएको छ ।

थप अनुसन्धान र कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here