जनता आन्दोलनमा उत्रिएपछि सडक पिच निर्माण शुरु

69

काठमाडौं / आज भन्दा करिब चार वर्षभन्दा लामो समयदेखि अलपत्र परेको चाबहिल साँखु सडक निर्माण समयमै नभएकाले स्थानीय र व्यवसायी आन्दोलनमा उत्रिएपछि कालोपत्रे गर्ने कार्य थालनी भएको छ । जति दवाव दिए पनि सडक कालोपत्रेको काम अघि नबढेपछि स्थानीय व्यवसायीको नेतृत्वमा बौद्धमा बाटो अवरुद्ध गरिएको थियो । त्यसलाई खुलाउन प्रहरीले प्रयास गर्दा प्रदर्शनकारी विद्रोहमा उत्रिएका थिए । प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी नै चल्यो। त्यही क्रममा प्रहरीले अश्रु ग्याससमेत प्रहार गर्नुपर्ने स्थिति बन्यो। अन्ततः सडक तत्कालै कालोपत्र गर्ने सहमति भयो र अवरुद्ध सडक खुल्यो। सहमतिअनुसार अहिले बौद्ध क्षेत्रमा कालोपत्रे गर्नेक्रम बढेको छ। टुसालदेखि बौद्ध गेट खण्ड र नारायणटारदेखि वाग्मती पुल खण्डमा यतिखेर कालोपत्र गर्ने काम अघि बढेको हो।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here