तीन दिनको मौसम पूर्वानुमान यस्तो छ

156

काठमाडौं / पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज उपत्यका सहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु प्रधानाङ्गले  जानकारी दिए ।

शनिबार फेरि पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले पुनः बदली हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिए। पूर्व मनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरी रहने उनको भनाइ छ।  तीन दिनको मौसम यस्तो रहेको छ ।

जेठ २ गते बिहीबार

दिउँसोः देशको पूर्वी भू—भाग तथा मध्य र पश्चिमि पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।देशको पूर्वी भू—भागका तथा मध्य र पश्चिमी पहाडी भू—भागका थोरै स्थानहरूमा अपरान्हतिर मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पूर्वी भू—भाग तथा मध्य र पश्चिमी पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भू—भागका थोरै स्थानहरूमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेठ ३ गते शुक्रबार

दिउँसोः देशको पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशका पहाडी भू—भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भू—भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेठ ४ गते शनिबार

दिउँसोः देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पश्चिमी पहाडी भू—भागका थोरै स्थानमा तथा मध्य र पूर्वी भू भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशका पहाडी भु—भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here