दोलखा / दोलखाको चरिकोट वसपार्कमा गए राती आगलागी हुँदा एक घर जलेर नष्ट हुनुका साथै ७ करोड वरावरको क्षती भएको छ ।
भिमेश्वर नगरपालिका वडा नं ३ बसपार्कमा रहेको तुना बहादुर खत्रीको घरमा रहेको त्रिपुरा रिहान टायर रिसोलिङ सेन्टरमा गए राती करिव १ः३० बजेको समयमा आगलागी हुँदा रिसोलिङ सेन्टर जलेर पुर्ण रुपमा क्षती भएको हो । आगलागीमा परि तुना बहादुर खत्रिको ५५ वर्षिय श्रीमती राधा खत्री र २५ बर्षिय राजु खत्री घइते भएका छन् ।
आगलागी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी भिमेश्वर नगरपालिकाको दमकल तथा स्थानियको सहयोगमा आज विहान मात्र नियन्त्रणमा आएको थियो । विद्युत लाइन सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।


















