काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले छिट्टै पार्टीको बाँकी एकता टुँगो लगाएर देशव्यापी दौडाहामा निस्किने जनाएका छन् ।
२६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनतासँग जोडिने गरी नयाँ अभियानको थालनी गर्नेपनि विश्वास दिलाए ।
जिल्ला अधिवेशनदेखि केन्द्रिय महाधिवेशनसम्म गरेर पार्टीलाई अझै सुदृढ बनाउने घोषणा गरे ।

















