करिब ५ घण्टाको अवधिमा ४ सवारी दुर्घटना, ४ जनाको मृत्यु

228

काठमाडौं- करिब ५ घण्टाको अवधिमा भएका ४ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । बिहीबार दिउसो १५:३० बजेदेखि १९:४० बजेसम्मको सो अवधिमा कन्चनपुर, सिन्धुली र बाँकेमा भएका दुर्घटनामा ४ जनाको ज्यान गएको हो ।

दुर्घटनामध्ये कञ्चनपुर बेलौरी नगरपालिका-७ ठुलो सिमपुरस्थित सडकमा से.१ त १०८३ नम्बरको ट्याक्टरले खेलिरहेको अवस्थामा ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने सुन्दर प्रसाद चौधरीको छोरा अनुकुल चौधरीको सेती अंचल अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी सिन्धुली कमलामाई नगरपालिका-८ सिस्नेरीस्थित बिपि राजमार्गमा ज.६ प ७४६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कमलामाई नगरपालिका-१० भिमान बस्ने २७ वर्षीय युवराज चौलागाईलाई उपचारको लागि मोडल अस्पताल लालगढ धनुषातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाटइकलमा सवार मोरङ उर्लावारी नगरपालिका-९ बस्ने २८ वर्षीया जमुना श्रेष्ठको सोही अस्पतालमा उपचारको भइरहेको छ । साथै सिन्धुली फिक्कल गाउँपालिका-१ भेंडीखोरस्थित सडकमा ना.७ त २२०५ नम्बरको ट्याक्टरको ट्रेलरबाट खसेर सोही ठाउँ बस्ने नारायण बहादुर सुनुवारको ११ वर्षीय छोरा तारा बहादुर सुनुवार घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी ललितपुर बाग्मती गाउँपालिका-३ पाङदुरगैरा भट्टेडाँडास्थित सडकमा बा.४९ प ७२०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बाग्मती गाउँपालिका-२ मल्टा बस्ने  भिम बहादुर जिम्बाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भीमका बाबु बीर बहादुर जिम्बालाई पाटन अस्पताल हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाइएको छ ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here