यो कम्युनिष्ट सरकार हो भन्न लाज लाग्दैन ? -अध्यक्ष चित्रबहादुर केसी

680

काठमाडौं /  यो कम्युनिष्ट सरकार हो भन्न लाज लाग्दैन ?  बुधबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा रहेका कम्युनिष्ट नेताहरुलाई यस्तै प्रश्न गरेका छन् ।

जुन मानीस भू माफिया दलाल तस्करको सल्लाहमा हिँड्छ उसले आफुलाई यो कम्युनिष्टको सरकार हो भन्छ अब राजनीति क्रान्ति गर्न प्रदैन भन्छ के खाएर हुन्छ मुलुक सम्वृद्ध गाउँका सबै खेतबारी बाझा छन् युवाहरु विदेश गएका छन् अझ जुन देशलाई मजदुर चाहियो हामी दिन्छौ भन्दै सरकारले नयाँ नयाँ सम्झौता गर्छ यो गर्न खोजेको के हो ?

आक्रोशित भावमा प्रकट भएका केसीले प्रधानामन्त्री बसेको, प्रधानान्याधीश बसेको र सभामुख बसेको घडेरी नै व्यक्तिको नाममा भएसी आज हामीले के भनेर यो देशमा शाशन गरेका छौ भन्ने, बामपन्थी नाम गरेका आफुलाई कम्युनिष्ट भन्न रुचाउने अझ दुई तिहाई मत सहित सत्तामा भएका बेला देशको राष्ट्रियता सार्वभौमिकता अखण्डता यति कमजोर हुँदै गएको छ भन्दा यो कति लज्जा जनक बिषय अरु के हुन्छ ।-सुनौलो नेपाल

 भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here