बारा–पर्सामा उद्योगिक उत्पादन बन्द

524
वीरगञ्ज – बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगको उत्पादन बन्द भएको छ । कतिपय उद्योगले नाकामा आएर अड्किएको कच्चा पदार्थ उद्योगसम्म लैजान पाएका छैनन् । कोरोना संक्रमण रोक्न लगाइएको लक डाउनका कारण कामदार आवागमन र ढुवानी अवरुद्ध हुँदा उत्पादन बन्द भएको हो ।
कच्चा पदार्थ मौज्दातमा राखेका उद्योगले कामदार अभाव र उत्पादनको ढुवानी गर्न नसक्दा उत्पादन रोकेका छन् । अत्यावश्यकीय भनिएका उद्योगले पनि न्यून परिमाणमा उत्पादन गरेका छन् । कोरिडोरका औषधि उद्योग भने चलेका छन् । ढुवानीका साधनको आवागमनमा अवरोधले कच्चा पदार्थ र तयारी बस्तुलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान नसकिएको उद्यमीले बताए ।

सामान्य अवस्थाको तुलनामा २० प्रतिशत पनि ढुवानी भइरहेको गुप्ताले बताउनुभयो । देशभरिका करीब ३ हजार खाद्यान्न उद्योगको उत्पादन प्रभावित भएको गुप्ताको दाबी छ । तीमध्ये २ हजारको हाराहारीमा चामल उद्योगमात्रै छन् ।

कोरिडोरका अन्य उद्योगको उत्पादन करीब ठप्प रहेको उद्योगीले बताएका छन् । मजदूर अभाव र ढुवानीमा समस्याले निर्माण सामग्रीमा उद्योगसमेत उत्पादन रोक्न बाध्य भएको नारायणी रोलिङ मिल्सका सञ्चालक राजेश क्यालले बताउनुभयो । उद्योगमा कच्चा पदार्थ भएर पनि मजदूर उपलब्ध नहुँदा उद्योग चलाउन सनकिएको उहाँले बताउनुभयो । यो कोरिडोरमा निर्माण सामग्री, खाद्यान्न, दाना, औषधी, प्याकेजिङलगायतका करीब १ हजार उद्योग छन् ।

स्थानीय प्रशासनले अत्यावश्यकीय उद्योगका लागि पास उपलब्ध गराउने बताएको छ । तर, आवागमनको समय तोकेको छ । बिहान ९ बजेसम्म उद्योगमा प्रवेश गरेका कामदार साँझ ६ बजेपछिमात्रै उद्योगबाट निस्किन पाउने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो ।

मजदूर साइकलबाट आउजाउ गर्न पाउँछन् । ओसारपसारका लागि अन्य साधनलाई अनुमति दिइएको छैन । यसले गर्दा कोरोनाको डर र सडकमा प्रहरीको कडाइका कारकण कामदार आउनै छोडेको उद्यमीले बताए । चामल दाल तेल संघले केही दिनअघि अत्यावश्यकीय उत्पादनका लागि मजदूर र ढुवानीका साधनका आवागमन सहज बनाउन माग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here