वुहान शहरमा मात्रै ४२ हजार व्यक्तिको ज्यान गएको चिनियाँ अधिकारीको दाबी

68

एजेन्सी – चिनियाँ अधिकारीले कोरोना भाइरसबाट चीनको वुहान शहरमा मात्रै ४२ हजार व्यक्तिको ज्यान गएको दाबी गरेका छन्।

कोरोनाभाइरसका कारण चीनमा ३ हजार ३ सय ५ जनाको मात्र ज्यान गएको तथ्यांकन सार्वजनिक भइरहेका बेला चिनियाँ अधिकारीले यस्तो दाबी गरेका हुन्। हुबेइ प्रान्तका अधिकारीहरुसँग जोडिएको एक सूत्रले कैयौं नागरिक आफ्नो घरमा जाँच बिना नै मरेको दाबी गरेको डेलीमेलले जनाएको छ।

एक महिनाभित्र नै २८ हजार शव जलाइएको दाबी गर्दै ती अधिकारीले अनुमानित आँकडा बढाइचढाइ नगरिएको बताएका छन्।  वुहानका स्थानीयले मृतकको संख्याको विषयमा गरेको दावी चीनका आधिकारीहरुले बताएको तथ्यांकभन्दा झण्डै १० गुणा बढी हो। सार्वजनिक तथ्यांकमा चीनमा कोरोनाबाट ३ हजार ३ सय ५ जनाको मात्र ज्यान गएको देखाइएको छ।  रेडियो फ्री एसियाको रिपोर्ट अनुसार वुहानका एक व्यक्ति झंगले शवदाहगृहमा काम गर्नेहरु २४ घण्टा काम गरिरहेकोले यति कम मानिस मरेका हुन नसक्ने आशंका गरेका छन्।

विश्वमहामारीको रुप ल्याएको कोरोनाभाइरसको संक्रमणको सुरुवात वुहान शहरबाटै भएको हो। वुहानका स्थानीयका अनुसार फरक फरक फ्युनरल होमबाट परिवारलाई दैनिक ५ सय अस्थी कलश दिइएको बताएका छन् । यस्ता ७ फ्नुनरल होम छन् । अर्थात दैनिक ३ हजार ५ सय अस्थी कलश दिइएका छन् । हंकोउ, वुचांग र हान्यांगमा बस्ने मृतकका परिवारलाई भनिएको छ कि उनीहरुलाई अस्थी कलश ५ अप्रिलसम्म दिइनेछन् । डेलीमेलले यसको अर्थ १२ दिनमा ४२ हजार अस्थी कलश बाँडिने दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here