-धिरज चन्द्र बिस्ट
पुर्व एमाले र पुर्व माओवादी मिलेर बनेको नेकपाले स्वर्गीय नेता मदन भण्डारीको श्रद्धाञ्जली सभा गर्नको कुनै औचित्य छैन । दुई तिहाइको सरकार हुँदा समेत नेकपाले हत्यारा पत्ता लगाइन सकेन । अहिले स्वर्गीय नेताकि धर्मपत्नी रास्ट्रपति बिद्यादेबि भण्डारीले पनि आफै देशको सर्वोच्च पदमा हुँदा हत्यारा पता लगाउन कुनै कदम चालिएन किन ? मदन भण्डारीको विचारलाइ बिचल्ली पारेर एमाले नेकपा बनेको छ। स्वर्गीय नेता मदन भण्डारीको बहुदलीय जनवादलाई उहाँको विचार जनताको मनमा बस्न सफल भएको थियो । अहिले एमाले आफ्नो बाटो बिर्सेर नेकपा बन्यो बिना सिद्धान्तको विचार बिहिन नेकपा अहिले समाजवादको नारा लगाउछन । बहुदलीय जनबादले बहुमत जनताको समर्थनबाट समाजवाद संक्रमण गर्ने भनेर कार्यबिधी बनाएको कहाँ लागू गर्नु भएको छ ? नेकपाले उहाँको बिचारमा बहुदलीय जनवाद भनेको एउटा खुल्ला सामाज हो भनेर जनता माझ भनेको नेताको विचारको अहिले ठिक उल्टो भएको छ नेकपाको सरकारले जनता लाई गरिबी दलदल मा डुबाउँदै आफ्नो नातेदार आसेपासेलाइ सरकारी जग्गा देखि बलात्कारसम्म सक्रिय गराएको छ। राजनीतिक दललाई प्रतिबन्ध लगाएको छ । के स्वर्गीय नेताले जनवाद खुल्ला समाज यहि नै भनेको हो ?
शोषण ,उत्पीडित निमुखा सबैको क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रिय गर्न तिर लाग्ने भनेका थिए तर आज आएर ठिक शोषण उत्पीडित गरिब जनता लाई अहिले दमन गर्न समाजको निर्माण लागेको पुर्ब एमाले अहिले बिचारको बिचल्लीमा परेको छ। पुर्व माओवादी पनि त्यही हालत मा छ अहिले हिजो १० बर्ष जनयुद्ध गर्दा माओवाद र प्रचण्डपथ का बिचार लाई समाज सबैलाइ सम्झाउदै गरेको अहिले आफै विचार बाट बिचल्ली भएर नेकपा हुन पुग्यो । माओवादको बिचार सिद्धान्त लाई बिर्सेर अहिले सामाजवाद को कुरा गरेर हिंड्न थालेका छन । कहाँ छ प्रचण्डपथ सर्बहाराबर्गको लागि भएको जनयुद्धको परिमाण कहाँ गयो के यहि सत्ताको लागि १७ हजार नेपाली दाजुभाइ दिदीबहिनीलाई सहिद बनाएको हो । के प्रचण्डपथमा नेपाललाई भ्रष्टाचारीको देश बनाउन भनेर प्रचण्डपथको सिद्धान्त आज नेपाल जनताको मन मन मा बाड्नु भयो तर आज आफै विचार बाट बिचल्लीत भएर हराउनु भयो । कहाँ गयो प्रचण्डपथको जनवादी सत्ता सबै सामान हुन्छ्न कोहि धनी कोहि गरिब भएर बाच्नु पर्ने दिन आउदैन भनेर दिएको भाषण कहाँ छन जनवादी सताको सुदृढीकरण गरेर सबै नेपालीले सामान रुपले जीवन जिउने भनेको कहाँ छ बुर्जुवा शिक्षा भनेर जनताको छोराछोरी लाई स्कुल जान नदिने बन्दुक बोकाउनु अनि अहिले आएर अरबै सम्पती कमाएर आफू विदेश घुम्ने यहि हो प्रचण्डपथ नयाँ जनवादी सरकारले सामन्तवाद,साम्राज्यवाद विरोधि वर्गीय जातीय विभेदलाइ अन्त्य गर्ने सबै पक्षको निम्ति नियम कानुनको बेवास्ता गर्ने भनेको प्रचण्डपथमा अहिले आएर १३ बर्ष नाबालिका देखि ८७ बर्षका वृद्धिआमाहरु बलात्कार छन् । कहाँ गयो प्रचण्डपथ ?


















