काठमाडौं / प्रहरीले नयाँ बसपार्क क्षेत्रमा व्यवसायको नाममा विकृति फैलाउने जोकोहीलाई कारबाहीको घेरामा ल्याइने भएको छ ।
सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबुले आयोजना गरेको कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सो कुरा जानकारी दिलाउँदै त्यसमा स्थानीय समुदायको पनि महत्वपूर्ण भूमिका रहने जनाए । ‘नयाँ बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलापविरूद्ध प्रहरी कठोर रूपमा उभिन्छ,’ उनले भने, ‘त्यसको लागि स्थानीय समुदायको पनि सहयोग अपरिहार्य रहनेछ।’
टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले मर्यादित भएर आफ्नो व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरे। ‘होटल व्यवसायको शिलशिलामा देखिएका कानुनी अप्ठ्यारा समाधानका लागि नगरपालिका सधैं लाग्नेछ,’उनले भने ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रको सुधारका लागि गोंगबु क्षेत्रमा मापदण्डविपरीत सञ्चालन भएका बाटोका पसल हटाउनुपर्ने भएको छ । नयाँ बसपार्क वरपर जथाभावी रूपमा सञ्चालन भएका टिकट काउन्टरलाई बसपार्कभित्र लैजान महासङ्घ लागेको खुलासा गरेका थिए ।


















