रोमान्चक बनेको छ सिजन समाप्त हुनै लाग्दा गोल्डेन बुटका लागि मेस्सी र एमबाप्पेमात्र प्रतिस्पर्धी हुन् । मेस्सीले हालसम्म ३४ गोल गरेर ६८ अंक बटुलेका छन् । एमबाप्पेले ३२ गोलसहित ६४ अंक जोडेका छन् । अर्थात् मेस्सीभन्दा एमबाप्पे २ गोलले मात्र पछि छन्। ला लिगामा मेस्सीले अब एकमात्र खेल खेल्न बाँकी छ। एमबाप्पेले समेत लिग वानमा अब एकमात्र खेल खेल्न बाँकी छ।
मेस्सी आइतबार राति अर्थात् आज राति ८ बजे एइबरविरुद्धको ला लिगा खेलमा मैदान उत्रँदै छन्। ५ पटकका किर्तिमानी युरोपियन गोल्डेन बुट विजेता मेस्सीले आफ्नो छैठौं गोल्डेन बुट उपाधि सुनिश्चित गर्न आजको खेलमा गोल गर्नै पर्ने हुन्छ।
२ गोलले पछि परेका एमबाप्पे आगामी शनिबार लिग वानमा स्टेड रेम्सविरुद्धको खेलमा मैदान उत्रँनेछन्। उनले मेस्सीलाई उछिन्न हालको नतिजा अनुसार २ गोलभन्दा बढी गोल गर्नुपर्ने हुन्छ। यदी मेस्सीले आइतबार गोल गरे एमबाप्पेले सोही अनुसारको गोलअन्तर बढाउँदै लानु पर्ने अवस्था छ।














