भारतको सिमाबाट अवैध काठ बरामद

221

गुलरिया / बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वार्ड नं १ सानो डाफे गाउँबाट नेपाल भारत मुख्य सिमाबाट अवैध काठ बरामत गरेको छ । सिमाको स्तम्भ न ४१ नजिक नेपाल तर्फ को ऐलानी जग्गामा खरले छोपेर लुकाईछिपाई राखेको अवस्थामा १०५.५८ क्यु फिट सालको (गोलिया) काठ सशस्त्र प्रहरी बल नेपाल बि ओ पि फुटाहा बाट बरामद गरेको हो ।

भारतीय जंगलबाट अवैध रूपमा ल्याई लुकाई राखेको सालको काठ बरामद गरिएको हो । सिमा सुरक्षामा खटिएको सशत्र प्रहरी निरीक्षक धर्मेन्द्र सिंह भण्डारीको टोलीले नेपाल भारत सिमानामा खेतमा लुकाएर राखिएको अवस्थामा बरामद गरेको प्रहरी निरिक्षक भण्डारीले बताउनुभयो । बरामद गरिएको काठ ईलाका बन कार्यालय बासगडीमा आवश्यक कार्वाहीको लागि शुक्रबार नै बुझाएको छ । बरामत भएको काठमो बजार मूल्य तीन लाख पचास हजार (३,५०,०००) रहेको निरिक्षक भण्डारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here