स्वतन्त्र पत्रकारिता ध्वस्त हुने संकेत, धरधरी रोए पत्रकार !

219

विराटनगर / मोरङका पत्रकारहरुले धरधरी रोएर संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल विधेयकको विरोध जनाएका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय परिसरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको सांकेतिक विरोधका क्रममा पत्रकारहरु धरधरी रोएका हुन् । विरोधका क्रममा करिब ४५ मिनेट पत्रकारहरु रोएका थिए।

नयाँ विधेयकले समाचार लेखेको भरमा १० लाख रुपैयाँसम्मको जरिवाना सजाय तोक्ने अवधारणा अघि सारेसँगै पत्रकारहरु आन्दोलित हुदै आएका छन्। विरोधका क्रममा नेपाल पत्रकार महासंघ प्रदेश एकका अध्यक्ष विक्रम लुइँटेलले सरकारले ल्याएको विधेयक मान्य नहुने जनाए ।

त्यसैगरि विरोधका क्रममा प्रेस यूनियन मोरङका अध्यक्ष कुमार लुइटेलले विधेयक कार्यान्वयनमा आए यसले स्वतन्त्र पत्रकारिता ध्वस्त हुने जनाउँदै पत्रकारले समाचार लेख्न गोजीमा मोटो रकमको चेक लिएर हिँड्नुपर्ने अवस्था सृजना भएको उल्लेख गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here