काठमाडौँ- काठमाडौँको टोखा नगरपालिकामा सोमबार बिहान प्रहरीले एक डाँकालाई गोली हानी पक्राउ गरेको छ। काले भन्ने खुङखार डाँका विष्णु तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
तामाङले पछिल्लो समय बिभिन्न ७ वटा ठूला चोरी डकैतिकोको आरोपमा अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई हतियार देखाएको र उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउन बाध्य भएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
सिन्धुपाल्चोक मेलम्ची घर भएका तामाङको घुँडामूनी गोली लागेको र हाल वीर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
तामाङ पूर्व एआइजी जयबहादुर चन्द र पूर्व डिआइजी विश्वराज सिंह साहीको घरमा लुटपाट गरेको आरोपमा ६ वर्ष जेल सजाय भोगी २०७२ सालमा छुटेका थिए ।

















