बेसारको नियमित प्रयोगले कोलेस्ट्रोल सेरमको स्तर शरीरमा कम रहन्छ । कोलेस्ट्रोल सेरमलाई नियन्त्रण राखेर बेसारले शरीरलाई मुटु रोगबाट सुरक्षित राख्छ । बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीय काम गरेको हुन्छ। बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ।
बेसार नियमित रुपमा भन्सामा प्रयोग हुन्छ तर धेरैले यसका मह्त्वपूर्ण औषधीय गुण बुझ्न सकेका छैनन्। बेसार विभिन्न रोग तथा चोटपटकको उपचारमा समेत उपयोगी मानिन्छ। आयुर्वेदमा त यसलाई सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ। मध्ये केहीको यहाँ चर्चा गरिएको छ।
बेसारका अनेक फाइदा :
-लामो समयदेखि ग्यस्ट्रिकको शिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रुपमा फाइदा पुर्याउँछ।
-बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पुर्याएको हुन्छ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो।
-बेसारले मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।
-शरीरमा लागेको चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ।
-मांसपेशीमा हुने विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ। रक्तअल्पतालाई पनि बेसारले फाइदा पुर्याउँछ।
-बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ।
-बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्छ।कुनै अप्रिय घटनाको झट्काबाट बाहिर निस्कन विशेष मद्दत पु¥याउँछ।
-अनिद्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ।


















