सरकारसँग अनलाइन गेम तत्काल बन्द गर्न सांसद बिककाे आग्रह

205

काठमाडौं । अनलाइन गेमकाको कुलतमा फसेर बालबालिका मानसिक रोगी बन्दै गइरहेको जनाउँदै तत्काल बन्द गर्न सांसद आशाकुमारी बिकले सरकारसँग आग्रह गरेकी छिन्।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले त्यस्ता गेम बन्द गर्न आग्रह गरेकी हुन्। उनले भनिन्, ‘इन्टरनेट प्रयोग बढेको छ, यो खुशीको कुरा हो। तर, पब्जी र फ्रि फायर जस्ता खेलको लतमा बालबालिका परेका छन्। उनीहरुमा डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिएको छन्।

पछि गएर मानसिक रोगी बन्न सक्छन्। त्यसैले अनलाइन गेम बन्द गरियोस्।’ सरकारले यी गेम बन्द नगरे अभिभावक नै न्याय खोज्दै अदालत जानुपर्ने दिन आउने उनले जनाइन्। यस्तै प्रभाव रहीरहे भविष्यमा मानसिक अस्पतालको कमी हुने पनि उनको धारणा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here