सानिमा लाइफले साउन २० गतेदेखि आईपीओ निष्कासन गर्ने

56

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो।

कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सेयर सार्वजनिक निष्कासनमार्फत विक्री गर्न लागेको हो।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो। आईपीओमा साउन २४ गतेसम्म आवेदन दिन सकिने निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। ढिलोमा भदौ २ गतेसम्मको मिति तय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here