आज मन्त्रिपरिषद् बैठक बस्दै

19
????????????? ??????-??????? ????????, ?? ??? : ????????????? ?????? ?????? ?????? ?????????????? ????????????? ??? ??????????????? ?????????? ????? ????? ??? ?????? ???????????? ??????? ?????????? ? ?????? : ???? ???????/????

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी हुन्।

आजको बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठक एक सातापछि फेरि बस्न लागेको हो।

यसअघि गत आइतबार मन्त्रिपरिषद्‌को बैठक बसेको थियो।

अहिलेसम्म मन्त्रिपरिषद्‌मा चार सदस्य मात्र छन्।

हाल मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री कार्की तथा रामेश्वर खनाल (अर्थ) , कुलमान घिसिङ (सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात)  र ओमप्रकाश अर्याल (गृह र कानुन, न्याय तथा संसदीय मामिला) मन्त्री छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here