हाँस्य कलाकार पल्पसा डंगोलको दुबै मृगाैला फेल

176

काठमाडाैं । हाँस्य कलाकार पल्पसा डंगोलको दुबै मृगाैला  फेल भएपछि उनको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । पल्पसाले विगत पाँच बर्षदेखि किड्नीको उपचार गराइरहेकी थिइन् । तर, उनले यसको जानकारी भने कसैलाई पनि दिएकी थिइनन् । तर, एक महिना अगाडि निकै गाह्रो भएपछि उनी उपचारका लागि टिचिङमा भर्ना भएकी थिइन् ।

मृगाैलाकाे  डायलसिस गर्ने क्रममा रगत नआएपछि उनी आत्तिएको वुझिएको छ । यसपछि, भने उनी अस्वस्थ रहेको खबर सार्वजनिक भएको हो ।

उनको तत्काल किड्नी ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको कलाकार तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । दीपाका अनुसार –‘केही दिन अगाडि डायलसिस गर्ने क्रममा ब्लड नआएपछि पल्पसाजी आत्तिनु भएछ । यसपछि म भेट्न पुगेकी हुँ ।’  वुझिएअनुसार, उनको किन्डी ट्रान्सप्लान्टका लागि ५० लाख भन्दा बढी रकम लाग्नेछ ।

कलाकारहरुले उनको उपचारका लागि आर्थिक श्रोत समेत जुटाउन थालिसकेका छन् । हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन् । उनले ‘दृष्टी’ नामक सिरियलको पनि निर्माण गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here