जसपा ठाकुर र महतोकाे बैठक जारी

219

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भक्तपुरको एक रिसोर्टमा पुग्नुभएको छ ।
बिहीबार दिउसो आफ्नो पक्षका सांसदलाई लिएर अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो भक्तपुरको एक रिसोर्टमा बैठक गरीरहेका जसपाका एक नेताले  जानकारी दिए ।
उहाँका अनुसार ठाकुर–महतो पक्षका सांसदहरुलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्टमा लगिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी दलहरुलाई बहुमतको सरकार गठनका लागि बिहीबार बेलुका ९ बजेसम्मको समय दिनुभएको थियो ।
बहुमतको सरकार गठनको लागि दिइएको समय सकिनै लाग्दा दलहरुबीच छलफल तीव्र बनेको छ ।
त्यस्तै अहिले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी  ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भइरहेको छ । पार्टीभित्रको असहमति अन्त्य गर्ने प्रयास स्वरुप वार्ता शुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here