नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत

51

काठमाडौं । पछिल्लो २४ घण्टामा ८४९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ११ हजार १६५ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, चार हजार ४३ वटा एन्टीजेन परीक्षण गर्दा १९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको जनाएको छ ।  पछिल्लो २४ घण्टामा ८९१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १९२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।  सक्रिय सङ्क्रमित हुने १६ हजार १९४ जना छन् । पछिल्लो २४ घण्टामा ५९ हजार ३७६ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here