लिम्पियाधुरामा पनि जनगणना गर्नुपर्ने माग राख्दै विप्लवद्वारा प्रदर्शन

85

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा पनि जनगणना गर्नुपर्ने भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

बुधबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै उनीहरूले नाबि, गुञ्जी, कुटी, लिपुलेक र लिम्पियाधुरामा पनि सरकारले जनगणना गर्नुपर्ने माग गरेका छन्।

अहिले राष्ट्रिय जनगणना २०७८ चलिरहेको छ। जसअनुसार घरिपरिवार सूचीकरणको काम भइरहेको छ। तर, अहिलेसम्म जनगणना सुपरीवेक्षक उक्त क्षेत्रमा पुग्न सकेकाे छैन् ।

छिमेकी भारतले अतिक्रमण गरेको उक्त क्षेत्र नेपालले यसअघि नै नक्सामा समेटिसकेको छ। तर, भूमि फिर्ताका लागि भने भारतसँग कुनै पहल भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here