लयमा फर्किंदै इटालीको पर्यटन उद्योग

81

इटालीको परम्परागत गर्मी मौसममा दिइने फेरागोस्टो बिदा मंगलवारदेखि सुरु भएको छ । मंगलबारदेखि नै इटालीमा पर्यटकहरूको रेकर्ड ब्रेक भएको बताइएको छ ।

कोरोना भाइरसका कारण धर्मराएको इटालीको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन लागेको हो । यस वर्ष इटालीमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या धेरै हुने अपेक्षा गरिएको छ ।

यसअघि सन् २०१९ मा ९ करोड ६० लाख पर्यटकले इटालीको भ्रमण गरेका थिए । यो हालसम्मकै उच्च संख्या थियो । तर यस वर्ष भने सो संख्याभन्दा बढी पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।

इटालीको नेसनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्सको हालै मात्र सार्वजनिक तथ्यांकका अनुसार दोस्रो त्रैमासिकमा इटालियन अर्थव्यवस्थामा ०.३ प्रतिशतको गिरावट आएको छ ।

तर जुलाईमा भने गत वर्षको तुलनामा ५.९ प्रतिशत धेरैले वृद्धि भएको बताइएको छ । अहिले पर्यटकहरूको चहलपहल बढ्न थालेसँगै आर्थिक गतिविधि पनि वृद्धि हुँदै गएको स्थानीय अधिकारीहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here