मिश्रको अभिव्यक्तिप्रति नेपाल आदिवासी जनजाति महासंघकाे विरोध

205

काठमाडौं । संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रह गरिनुपर्ने रवीन्द्र मिश्रको प्रस्तावको नेपाल आदिवासी जनजाति महासंघले विरोध गरेको छ। मिश्रको अभिव्यक्ति  राष्ट्रियता र संविधानविरुद्ध रहेको महासंघको ठहर छ।

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले संघीयता र धर्मनिरपेक्षताबारे धारणा सार्वजनिक गरेकै दिन महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति जारी गरी विरोध गरेका छन् ।

अग्रगामी ढंगले आधुनिक नेपाल बनाउने परिकल्पना गर्ने भनिएको राजनीतिक दलको शीर्षस्थ नेतृत्वमा रहेर यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने किसिमको भएको महासंघको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता राष्ट्रियता र संविधानविरोधी अभिव्यक्तिप्रति हामी निन्दासहित घोर आपत्ति प्रकट गर्दछौं।’

संविधान र राष्ट्रियता विरुद्ध अभिव्यक्ति दिने जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउनसमेत महासंघले सरकारसँग माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here